समाज

धनुषामा शितलहर बढेसँगै सावधानी अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयको अपिल

पुस २, २०७४

    जनकपुरधाम : मौसम परिवर्तनसँगै तराईमा शितलहरको प्रकोप बढेको छ । विगत एकसातादेखि तराईको जिल्लाहरुमा शितलहरसँगै जाडोको प्रकोप बढेको हो। तराईको धनुषा तथा आसपासका जिल्लाहरु सर्लाही, महोत्तरी, सिरहा, सप्तरी सहितका अन्य जिल्लाहरुमा शितलहरको प्रकोप बढेको हो।

    बिहान तथा बेलुका अत्यधिक चिसो तथा शितलहर लाग्ने गरेको छ भने, विहान तथा साँझको समयमा हुस्सुसँगै चिसो हावाले जनजीवन प्रभावित हुने गरेको छ।

    शितलहर तथा चिसो हावाले बजारमा चहलपहल घटेको छ भने, जनकपुर अञ्चल अस्पतालमा निमोनिया, रुघाखोकी, टाउको दुख्ने जस्ता रोगीको संख्या बढेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामपरिक्षण यादवले जानकारी दिएका छन्।

    यता, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले बढ्दो शितलहर तथा जाडोलाई मध्यनजर गर्दै विभिन्न विभिन्न सावधानी अपनाउन सर्वसाधारणहरुमा अपिल गरेको छ।

    शितलहरसंगै प्रत्येक वर्ष जनकपुरको विभिन्न चोक चोकमा बालिने गरेको आगो यस वर्ष कुनै पनि स्थानमा बालिएको देखिएको छैन।

    अघिल्लो वर्षहरुमा गाउँ विकास समिति, नगरपालिका र उप–महानगरपालिकाले जिल्ला वन कार्यालयको सहयोगमा सर्वसाधारण, बटुवा बृद्ध, अशक्तलाई मध्यनजर गर्दै आगोको प्रबन्ध मिलाउने गरेकोमा तर यस वर्ष कुनै पनि स्थानमा हाल सम्म आगोको व्यवस्था गरिएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]