काठमाडौं : देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बि...
काठमाडौं : रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्कभित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ।
उहाँका अनुसार गत शनिबार मात्रै रत्नपार्कमा अवलोकन गर्न आउने तीन हजार ११० जना थिए। झन्डै एक वर्षअघिदेखि रत्नपार्कको थप व्यवस्थापन गरी अवलोकनकर्ताबाट शुल्क समेत लिन थालिएको छ। प्रवेश शुल्क विद्यार्थीका लागि रु १५ तथा अन्यका लागि रु २५ निर्धारण गरिएको एकाइले जनाएको छ।
गत शनिबार हालसम्मकै बढी अवलोकनकर्ता रत्नपार्कको अवलोकन गर्न आएका थिए। अवलोकन गर्न आएकाबाट प्रवेश शुल्कस्वरुप रु ७२ हजार ८०० असुल गरिएको। अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानी पनि बढेको छ। अघिल्लो शनिबार रु ३५ हजार मात्र उठेको थियो।
रत्नपार्कका पानी पर्दा ओत लाग्ने ठाउँ पनि बनाउने तयारी गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।