समाज

बालश्रम अन्त्यका लागि गरिबी निवारण र जनचेतनामूलक कार्यक्रम सँगसँगै

जेठ ३०, २०७३

    भक्तपुर- सरोकार भएकाहरुले बालश्रम अन्त्यका लागि गरिबी निवारण र जनचेतनामूलक कार्यक्रम सँगसँगै लैजानुपर्ने औँल्याएका छन् । 
    बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा आज आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीले बालबालिकालाई श्रममा लगाउनेलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्नेमा समेत जोड दिए । प्रजिअ तेजप्रकाश पौडेलले बालबालिकालाई श्रम लगाउनाको मुख्य कारण गरिबी भएकाले बालश्रम उन्मूलनका लागि गरिबी निवारण कार्यक्रम समेत सँगसँगै लैजानुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई शिक्षाबाट वञ्चित गर्नु हुँदैन भन्ने सन्देश अभिभावकलाई दिन सकेमा  बालश्रम अन्त्यका लागि ठूलो भूमिका खेलिने धारणा राख्नुभयो । 

    कार्यक्रममा सहभागी सूर्यविनायककी कान्छी तामाङले बालबालिकालाई काममा लगाउनेलाई कानुनबमोजिम कडा कारबाही नभएसम्म हाम्रोजस्तो सामाजिक परिवेश भएको मुलुकमा बालश्रम अन्त्य हुन लामो समय लाग्नसक्ने बताउनुभयो । 
    अर्का सहभागी महिला विकास अधिकृत नीलाकुमारी घिमिरेले बालबालिकाको शिक्षा स्वास्थ्यमा विशेष जोड दिनुपर्ने बताउँदै बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध हो भन्ने बारेमा प्रचार प्रसारको खाँचो औँल्याउनुभयो । 
    सेभ द चिल्ड्रेनका भक्तपुर संयोजक भरत तामाङले बालश्रम अन्त्यका लागि उनीहरुका अभिभावक मात्र नभएर काममा लगाउने मालिकलाई पनि सचेत बनाउनुपर्ने सुझाव दिनुभयो । जिल्ला बालकल्याण समितिद्वारा आयोजित प्रभातफेरीपछि कमलविनायकस्थित बसपार्कमा रहेका सार्वजनिक सवारीसाधनमा बाल मजदुर प्रयोग नगरौँ भन्दै सवारीसाधनमा बालश्रम विरुद्धको जनचेतनामूलक कार्यक्रमसमेत गरिएको थियो । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]