अर्थ

मागअनुसार सुनचाँदी नपाएको व्यवसायीको गुनासो

फोटोः thefranklinsociety.com
जेठ ३१, २०७३

    गोरखा : जिल्लाका सुनचाँदी व्यवसायीले राज्यले मागअनुसारको सुनचाँदी दिन नसकेको गुनासो गरेका छन्। 

    सुनचाँदी बिक्री वितरण गर्दै आएका बैंकले समेत व्यवसायीको मागअनुसार सुनचाँदी उपलब्ध गराउन नसकेको उनीहरुले बताएका छन्। मागअनुसार सुन नपाएपछि बजारमा सधैँ सुनको अभाव हुँदै आएको सुनचाँदी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष कृष्णबहादुर विश्वकर्मा बताउनुहुन्छ। 

    “हामीले मागेअनुसार सुनचाँदी पाएनौँ”, उहाँले भन्नुभयो – “बैंकले पनि सुनचाँदी दिन सकेको छैन। अन्यत्रबाट सुन ल्याउँदा जोखिम बढ्यो।” सुनचाँदी व्यवसायी महासङ्घको सिफारिस लिएर बैंकमार्फत सुनचाँदी लिँदै आएका व्यवसायीले मागअनुसार नपाउँदा व्यापार घटेको गुनासो गरेका छन्। 

    जिल्लाका सुनचाँदी व्यवसायीलाई एक सातालाई एक किलो सुन मात्रै उपलब्ध हुँदै आएको छ। “एक किलो सुन थप गर्न सके बजारको माग धान्न सकिन्छ,” अध्यक्ष विश्वकर्माले भन्नुभयो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्माले व्यवसायीको मागअनुसार सरकारले सुन उपलब्ध गराउन नसकेको बताउनुभयो। 

    “हाम्रा व्यवसायीले माग गरेअनुसार सुन उपलब्ध गराएर व्यवसायीको फार्म अनुगमन गर्नुपर्छ,” उहाँले भन्नुभयो। वर्षौंदेखि सुनको अभाव झेल्नुपरेको भन्दै व्यवसायीले सुनको माग पूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। जिल्लामा साना–ठूला गरी करिब ५० वटा सुनचाँदी पसल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]