काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन्।&n...
काठमाडौं : नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको छ।
प्रतिवेदन पेस गरिएपछि तीनवटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको छ। आज प्रतिनिधिले छलफल गरी प्राप्त भएका सुझावका आधारमा मङ्गलबार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यक्रम छ। शनिबार सङ्घीय जनमुक्ति पार्टी छोडी नयाँ शक्तिमा प्रवेश गर्नुभएका परशुराम तामाङले पनि आजको बन्दसत्रमा आफ्नो विचार राख्नुभयो।
बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौँ सम्पर्क समितिका संयोजक, २४० निर्वाचन क्षेत्र संयोजक, ५०० सदस्य बराबर एक, एक हजार सदस्य बराबर दुई र एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिको दरले सहभागिता रहेको पार्टी निकटको नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले बताउनुभयो।
सातै प्रदेश सचिवालयका सदस्य, पार्टीको आङ्गिक सङ्गठन र पेसागत सङ्गठन एवम् भारत, कोरिया, अस्ट्रेलिया, दुबई, अमेरिका, मलेसिया, पोर्चुगल, बेलायत, फ्रान्सलगायत २४ देशका प्रवास समितिका गरी एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको बन्दसत्रमा सहभागिता छ।
आइतबारदेखि राजधानीमा जारी भेला मङ्गलबार सकिने सो पार्टीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।