सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
सल्यान : नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीका सल्यान जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले पक्राउ गरेको छ।
गत जेठ ३० गते कुपिण्डे दह गाविसको जयतपानी र शारदा नगरपालिका–१४ डाँडागाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको विषयलाई लिएर केसीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
केसीलाई कोरवाङ्ग झिम्पेबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
एनसेल टावर जलाइएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार गाविसका स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।