समाज

पूर्व मुमा बडामहारानी रत्न अस्पताल भर्ना

फोटो : www.nepalroyal.com
असार २, २०७३

    काठमाडौं : पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

    पूर्व राजा ज्ञानेन्द्र शाहका प्रेस सचिव फणिराज पाठकले रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएको पुष्टी गर्दै के समस्या हो भन्ने परीक्षण भइरहेको जानकारी दिए। उनले शाहमा वृद्धावस्थाका कारण समस्या देखिएको हुन सक्ने भन्दै यथार्थ के हो भन्ने परीक्षण भइरहेको बताए।

    ८८ वर्षकी शाह नारायणहिटी दरबारभित्र बसोबास गर्दै आएकी छिन्। गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी छाडेर नागार्जुन सरेपनि रत्न नारायणहिटीभित्रै बस्दै आएकी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]