समाज

रुपन्देहीबाट एसएलसी दिने सबै दृष्टिविहीन पास

असार ३, २०७३

    बुटवल : रुपन्देहीबाट एसएलसी दिएका सबै दृष्टिविहीन विद्यार्थी एसएलसी उतीर्ण भएका छन्। 

    रुपन्देहीको शान्ति नमुना उच्च माविका गणेश थापा र मोहन कुमाल ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् भने राजेश जोगी थारू र राजु मल्लाहले ‘बी’ प्लसमा उत्तीर्ण भएको विद्यालयका विभागीय शिक्षक कृष्ण केसीले जानकारी दिए। यो विद्यालयका २३० विद्यार्थीमध्ये २६ जनाले ‘ए’ प्लस र ५४ जनाले ‘ए’ ल्याएका छन्। 

    यस्तै, विभिन्न कारणले बीचमै पढाइ छाडेर बसेका महिला मात्रै पढ्ने बुटवलको साधना महिला विद्यालयबाट एसएलसी परीक्षा दिएका सबै महिला उत्तीर्ण भएका छन्। नौ जनामध्ये एक जना ‘ए’ ग्रेडमा उतीर्ण भएकी विद्यालयले जानकारी दिएको छ। 

    यस्तै, तीनजनाले ‘बी’ र पाँचजनाले ‘सी’ ल्याएको विद्यालयका अध्यक्ष सावित्रा अर्यालले जानकारी दिइन्। रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले अघिल्ला वर्षमा अङ्क र प्रतिशतको जोडघटाउमा लागेका विद्यालय सञ्चालक र अभिभावक यो वर्ष केही अलमलिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]