विज्ञान प्रविधि

रोबोटको ‘मुस्ताङ यात्रा’
SHARES

रोबोटको प्रतीकात्मक फोटो। स्रोतः 1080.plus
असार ४, २०७३

    काठमाडौं : नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ? 

    सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि तयार गरेका रोबोट लिएर यही असार ११ गते सैनिक प्रशिक्षण तथा तालिम केन्द्र राजदलगण लगनखेल, ललितपुरमा उत्रने भएका छन्। 

    सो प्रतियोगितामा त्रिवि, पूर्वाञ्चल विवि र काठमाडौँ विवि अन्तर्गतका विभिन्न इन्जिनियरिङ अध्यययन संस्थानका नौ समूह प्रतिस्पर्धामा उत्रने आयोजक संस्था इन्जिनियरिङ अध्ययन संस्थान, प्राविधिक अनुसन्धान तथा विकास केन्द्रका छात्र निशवन ढकालले जानकारी दिए।

    ‘नक आवट’ प्रक्रियामा खेलाइने सो खेलमा तीन मिनेटभित्र हरेक खेलमा हरेक रोबोटले प्रतीकात्मक रुपमा तराईबाट पोखरासम्म सञ्चारका उपकरण तथा मुस्ताङसम्म नुन बोकेर लान प्रतिस्पर्धा गर्नेछन्। उनले हरेक खेलमा सबैभन्दा छिटो नुनको भारी बिसाउने रोबोटले ‘सही हो’ उपाधि प्राप्त गर्ने जानकारी दिए।

    प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका प्रतिनिधिलाई थाइल्यान्डको बैंककमा आगामी भदौमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा अवलोकनकर्ताका रुपमा संलग्न गराइने छ। 

    ‘मुस्ताङ यात्रा’ नाम दिइएको सो प्रतियोगिताले प्रविधिको विकासमा फड्को मार्ने आयोजकले विश्वास लिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]