समाज

पाँचऔँले तस्कर तीन करोड बढी जरिवानासहित जेल सजाय

जेठ २८, २०७५

    गोरखा : अवैध रुपमा बहुमूल्य जडिबुटी पाँचऔँले ओसार पोसारमा संलग्न एक जनालाई जिल्ला अदालत गोरखाले जरिवानासहित एकवर्ष कैद सजाय सुनाएको छ।तस्करीमा संलग्न धार्चे ५ स्थित गुम्दाका ४९ वर्षका कमल गुरुङलाई तीन करोड ९० लाख ७६ हजार रुपैयाँ जरिवानासहित एक वर्ष कैदको सजाय सुनाएको हो।

    जिल्ला न्यायधीश वसन्तराज पौडेलको एकल इजलासले पूर्पक्षका लागि थुनामै रहेका गुरुङलाई उक्त सजाय सुनाएको हो। गुरुङलाई वन ऐन २०४९ को दफा ४९ को घ बमोजिम फैसला सुनाइएको अदालतका सुजन श्रेष्ठले जानकारी दिए। जिल्लाका उत्तरी भेगमा अबैध रुपमा पाँचऔँले संकलन गरी जिल्ला बाहिर लैजान लागेको अवस्थामा गत वर्षको असोज ३१ गते ७४ किलो पाँचऔँलेसहित गुरुङलाई आरुघाट प्रहरीले पक्राउ गरेको थियो ।

     जिल्ला वन अधिकृत जीवनाथ पौडेलले गुरुङविरुद्ध पक्राउ गरेपछि जति पाँच औँले बरामद भएको हो त्यसकै आधारमा प्रतिपाँच औँलेलाई एक हजारको दरले जरिवाना माग गरी जिल्ला बन कार्यालयले मुद्दा दर्ता गरेका थिए। जिल्ला वन अधिकृत पौडेलले भने ‘प्रहरीले उनलाई एकलाख ९७ हजार थान पाँचऔंलेसहित पक्राउ गरेको थियो। अहिले अदालतबाट कार्यालयको मागदावी अनुसार नै फैसला भयो।’ गुरुङसँग बरामद गरिएको पाँचऔँले अहिले जिल्ला बन कार्यालयमा सुरक्षित छ।   
     
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]