समाज

जीपबाटै महाकालीमा १ पुरुषले हामफाले, खाजी कार्य जारी

जेठ २८, २०७५

    दार्चुला :  गाडीबाट महाकाली नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन्। महाकाली नगरपालिका  ६ धापका अन्दाजी वर्ष ५४ का मदनसिंह रैखोलाले गाडीबाट नदीमा हाम फालेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। 

    धापबाट खलंगा आउँदै गरेको महाकाली यातायातको म १ ज ११२ नम्बरको जीपबाट महकाली नदीमा हाम फालेका रैखोला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। महाकाली नदीमा बेपत्ता रैखोला भगवती आधारभूत विद्यालय मसिनीका शिक्षक हुन्। गाडीमा चढेका बेला ‘बान्ता भयो’ भन्दै गाडीबाटै हाम फालेको प्रहरीले जनाएको छ।

    बेपत्ता रैखोलाको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाको सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। गाडीसहित चालकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]