समाज

दाङमा ५०० का १२ थान नक्कली नोट भेटियो

जेठ २८, २०७५

    दाङ : दाङमा नक्कली नोट फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार वडाप्रहरी कार्यालय नजिकैको एक भाँडा पसलबाट ५०० का १२ थान नक्कली नोट फेला परेका हुन्।  

    जिल्ला प्रहरी कार्यालय दाङका इनिस्पेक्टर धनदेव साउँदाका अनुसार पसलले भारतीय रुपैयाँ साट्दा नक्कली ५०० रुपैयाँ दिएपछि यस्तो रहस्य खुलेको हो। घोराही  १४ नयाँ बजारको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले बंगलाचुली गाउँपालिका २ मर्पेस निवासी फुर्सी पुनलाई सोमबार ५०० का १२ वटा नोट साटी दिएको प्रहरीले जानकारी दिएको छ। 

    पुन भारतबाट छोराले पठाएको साढे ७ हजार रुपैयाँ भारु सटहीका लागि उक्त भाँडा पसलमा पुगेका थिए। गुप्ताले ५०० का १२ वटा नक्कली नोट साटेर दिएका थिए। उक्त पैसाले घोराही १८ मसिनाका बमबहादुर कवरसँग बालुवा किन्ने क्रममा नक्कली नोट भएको थाहा भएको खुलेकाे हाे। उक्त नक्कली नोट साटिदिने अजय र अमितले भने आफूहरूलाई पनि ग्राहकले दिएको दावी गरेका छन्। तर उनीहरूले बिक्री गरेको समानको बिल नभएको पनि बताएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]