समाज

अत्यधिक गर्मीले नवलपरासीका विद्यालयमा बिदा, केहीमा बिहान कक्षा संचालन

जेठ २८, २०७५

    नवलपरासी : नवलपरासीमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ। केही दिनयता लगातार बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै  प्याब्सन नवलपरासीले प्याब्सनमा आवद्ध विद्यालयहरूमा बिदा दिएको प्याब्सन जिल्ला अध्यक्ष सुवर्ण न्यौपानेले बताए। 

    अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको भन्दै असार २ गतेसम्म विद्यालय बिदा गरिएको न्यौपानेले जानकारी दिए। अत्यधिक गर्मीका कारण नवलपरासीको सुस्ता गाउँपालिकाका सामुदायिक विद्यालयहरूले पनि बिहानको समयमा पठनपाठन सुरु गरेका छन्। सुस्ता गाउँपालिकामा बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्यालय संचालन गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]