समाज

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने पाँच जना पक्राउ

जेठ २८, २०७५

    जनकपुरधाम : निहित स्वार्थ पूर्तिका लागि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले डिपो प्रमुखसहित पाँचजना व्यवसायीलाई पक्राउ गरेको छ। व्यक्तिगत स्वार्थका लागि विवाद भएका कारण पेट्रोलियम पदार्थको आपूर्ति नै असहज भएपछि प्रहरीले धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपो कार्यालयका प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर एशोसिएशन जनकपुरका अध्यक्ष विष्णुदेव साह र साहकै भाइ ट्यांकर व्यवसायी संघका किशुनदेव साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो।

    व्यक्तिगत लाभका लागि पेट्रोलियम पदार्थ ढुवानी र डिपोबाट निकासीमा विवाद उत्पन्न गरी उपभोक्तालाई नै मार्कामा पारेपछि तीनै जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। पेट्रोल पम्पमा इन्धन स्टोक राखेर उपभोक्तालाई नदिएको भन्दै प्रहरीले जनकपुरको जिरोमाइल स्थित भि आयल, मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजलमा शिलबन्दी समेत गरेको छ।

    ट्यांकर चालकहरूको भत्ता दिने विषयमा पेट्रोलिय डिलर्स एसोसिएसन जनकपुर र पेट्रोलियम ढुवानी संघ जनकपुरबीच विवाद हुँदा धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। पेट्रोल पम्प व्यवसायीहरूले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६०० रुपैयाँ कटौती गरेपछि चालकहरूले ढुवानी सेवा नै बन्द गरेपछि कुत्रिम अभाव भएको हो।

    पेट्रोल पम्प व्यवसायीहरूको पेट्रोलिय डिलर्स एसोसिएसन जनकपुरको अध्यक्ष विष्णुदेव साह र पेट्रो पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किष्णुदेव साह दाजुभाइ हुन्। यसरी दुई संस्थाका अध्यक्ष एवं दाजुभाइ बिचको विवादले चालकहरूले ट्यांकर चलाउन बन्द गरेपछि बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको हो। ट्यांकर चालकहरूले ९ हजार रुपैयाँ मासिक तलब र प्रतिट्यांकर ढुवानी वापत ६ रुपैयाँ भत्तामा लिने गरेका छन्।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]