विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन।
उनी अपेक्षा गरिएभन्दा चाडो वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ।
ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने बित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्ने भएका छन्।
उनीहरूबीच मंगलबार स्थानीय समय अनुसार बिहान ९ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
सामूहिक भेटवार्तापछि उनीहरूका बीचमा एक्लाएक्लै भेटवार्ता हुने छ। एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन्। त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरू तय भएका छन्।
ट्रम्प र उनको यो पहिलो भेट हो। उत्तर कोरियाका शासकले पहिलोपटक बहालवाला अमेरिकी राष्ट्रपतिसँग भेट गर्न लागेको यो पहिलो हो। यो भेटलाई विश्वले चासोपूर्वक हेरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।