छापा

ब्याजदर बढाउन बै‌ंकहरूबीच प्रतिस्पर्धा

जेठ २९, २०७५

    काठमाडौं : मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने बैंकहरूबीचको ‘भद्र सहमति’ तोडिएको छ। यससँगै  बैंकहरूमा ब्याजदर बढ्ने भएको समाचार कान्तिपुर दैनिकले लेखेको छ।

    बैंकहरूमा अझै पनि तरलता(लगानीयोग्य रकम) सहज भइनसकेकाले ब्याजदर बढ्ने देखिएको हो। नागरिक दैनिकका अनुसार नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दति खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका छन्।

    संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खोलिदिएपछि बैंकहरूबीच निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]