समाज

कर्मचारी अभावमा प्रसूति सेवा बन्द

जेठ २९, २०७५

    जाजरकोट : छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा प्रसूति सेवा बन्द भएको छ। 

    सुरक्षित सुत्केरी हुन सेन्टरमा आए पनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका  स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले बताए। स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भए पनि एक मात्र दरबन्दी रहेको छ। ती एक जना अनमी काजमा दैलेख सरुवा गरिएपछि यहाँको प्रसूति केन्द्र बन्द भएको हो। 

    अस्थायी रुपमा काम गर्दै भएकी अनमी पनि बिदामा बसेको दशेरा स्वास्थ्य चौकीका प्रमुख रामबहादुर थापाले जानकारी दिए। स्वास्थ्य चौकीको प्रसूति केन्द्र जेठ २३ गतेदेखि बन्द भएको हो। स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरु सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताइन्। 

    केन्द्रमा अनमीको दरबन्दी थप गर्न पटक पटक स्वास्थ्य विभाग, मन्त्रालयमा माग गरे पनि सुनुवाइ नभएको प्रमुख थापाले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]