काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडौं : नेपाल पत्रकार महासंघले यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ विजेताको नाम सार्वजनिक गरेको छ।
पुरस्कार छनौट समितिको जेठ २८ गते बसेको बैठकले पुरस्कारका लागि वैशाख २ देखि जेठ १५ सम्म प्राप्त भएका ३० आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टेलिभिजन र कार्यक्रम प्रस्तोतामध्येबाट आठ जनाको नाम छनौट गरेको हो।
पुरस्कारका लागि छनौट भएकाहरुमा रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापा माध्यमतर्फ सुशील दर्नाल (रासस–उपत्यका) र निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा) रहेका छन्।
त्यस्तै, टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समूह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर–मोफसल, रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समूह) र गीता चिमोरिया (सीआईएन) लाई पुरस्कार प्रदान गरिने भएको छ।
केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। पुरस्कार जेठ ३१ मा प्रदान गरिने जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।