विश्व

ट्रम्प-उनबीचको एकल वार्ता सकियो, उनले भने : नाइस टू मीट यू, मिस्टर प्रेजिडेन्ट

संयुक्त वार्ता सुरु, को को छन् सहभागी?

जेठ २९, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको छलफल सकिएको छ। दुई नेताबीच एक्लाएक्लै रूपमा भएको भेटमा दुई नेताले एकआपसमा सम्बन्ध बिस्तार हुने विश्वास लिएका छन्।

    ट्रम्प र उनले हात मिलाएर छलफल को सुरुवात गरेका थिए। त्यसपछि उनीहरूले पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिएका थिए। उक्त छलफल सान्टोसा द्वीपको क्यापला होटलको लाइब्रेरीमा भएको हो।

    पत्रकारहरूलाई डोनाल्ड ट्रम्पले छलफल राम्रो भएको बताएका छन्। छलफलको सुरुवातमा राम्रोसँग कुरा हुने र सम्बन्ध विस्तारमा यो भेट सहयोगी बन्नेमा आशंका व्यक्त गरेका ट्रम्पले राम्रो भएको प्रतिक्रिया दिएका हुन्। उनले भनेका छन् 'मलाई धेरै राम्रो महसुस भइरहेको छ। हामीबीच राम्रो सम्बन्ध बिस्तारका साथै राम्रो छलफल हुनेछ। यो मेरा लागि सम्मानजनक हो र यसबाट हामीबीच राम्रो सम्बन्ध स्थापना हुनेछ।'

    भेटमा किम जोङ उनले अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अंग्रेजीमा भने, 'नाइस टू मीट यू, मिस्टर प्रेजिडेन्ट'। दुई नेताबीच करिब ५० मिनेट भेट भएको थियो। त्यसपछि दुवै देशका प्रतिनिधिबीच छलफल भएको छ।

    जसमा अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्प विदेशमन्त्री माइक पोम्पेयो, व्हाइट हाउसका चिफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन रहेका छन्। उत्तर कोरियाको तर्पबाट किम जोङ उन र उनका सबैभन्दा करिबी मिनिर पूर्व विदेशमन्त्री री सु योङको सहभागिता रहेको छ।

    दुई नेताबीच भेट हुनुपहिले ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत समेत उक्त भेट राम्रो हुनेमा आशंका जताएका थिए। किमले भने यो शिखर सम्मेलनसम्म पुग्न धेरै कठिनाइ पार गरेका बताएका थिए। उनले अब पूराना पूर्वाग्रहबाट निस्केर अगाडि बढ्नुपर्ने बताएका थिए। जसमा ट्रम्पले सही थपेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]