समाज

संरक्षण नहुँदा प्राचीन स्मारक जीर्ण, पुरातत्त्वले थाल्यो तारबारले घेर्न

जेठ २९, २०७५

    जाजरकोट :  छेडागाड नगरपालिका –८, घोगीमा रहेको प्राचीन स्मारक प्रचार प्रसार अभावमा ओझेलमा परेको छ। नगरपालिकाले यी देवल मर्मत गर्न ध्यान नदिएको स्थानीय बासिन्दा बताउँछन्।

    १२ वटा स्तम्भमा दुईवटा स्तम्भ पूरै मर्मत गर्नुपर्ने अवस्थामा रहेको स्थानीय शिक्षक गोविन्दप्रसाद गिरीले बताए। जीर्ण अवस्थामा रहेको पजारु घोगीको प्राचीन स्मारक संरक्षणका लागि हाल पुरातत्त्व विभागले घेराबार गर्न थालेको छ।

    जिल्ला सदरमुकाम खलंगादेखि स्मारक रहेको स्थान पजारुको घोगी करिब १४ कोशको दूरीमा रहेको छ। प्राचीनकालमै निर्माण गरिएको अनुमान गरिने स्मारक कसरी, कसले निर्माण गरेको भन्ने अभिलेख छैन।

    कतिपय जानकारले तिब्बतबाट देश निकाला गरिएका लामा पजारुमा आएर उक्त स्मारक निर्माण गरेको बताउने गरेका छन्। तिब्बतबाट भागेर अाएका लामा भारतमा बस्दै आएका दलाइ लामाको शरणमा जाँदा लामा जाजरकोटको बाटो हुँदै भारत पुगेको स्थानीय बूढापाका बताउँछन्। चीनले देश निकाला गरेका लामाले नै पजारुको घोगीमा रहेको उक्त स्मारक निर्माण गरेका हुन् भन्ने ठोकुवा गर्न सक्ने प्रमाण भने छैन।

    अनुमानका आधारमा उक्त स्मारकका बारेमा विभिन्न तर्क गर्ने स्थानीयवासीले यसलाई धार्मिक स्थलका रूपमा परिभाषित गर्ने गरेका छन्। सत्ययुगमा यसलाई धार्मिकस्थलका रुपमा प्रयोग गर्दै आएकाले दैवी शक्ति रहेको कतिपयको भनाइ छ। द्वापरयुगसम्म यसलाई धार्मिकस्थल रहेको हुनसक्ने उनीहरुको भनाइ छ। कलियुग  भएकाले हाल त्यहाँ कुनै प्रकारका दैवी शक्ति देखा नपर्ने धार्मिक विश्वास गरिन्छ।

    कुन सन्दर्भ र परिवेशमा कसले बनाएको स्मारक हो भन्ने कुराको लिखित इतिहास पछिल्लो पुस्ताका लागि नभएको सांसद कालीबहादुर मल्ल बताउँछन्। संरक्षणको अभावमा बिग्रिँदै र भत्किँदै गएको स्मारकको संरक्षणमा पुरातत्त्व विभागले अाँखा लगाएपछि भावी पुस्ताका लागि इतिहास जोगिनेमाढुक्क भएको सांसद मल्लको भनाइ छ। 

    पुरातत्त्व विभागको घेराबारभित्र रहेको उक्त प्राचीन स्मारकलाई थप सुरक्षाका लागि कसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनधिकृत काममा लगाए वा अरू कुनै किसिमले हानि–नोक्सानी पुर्‍याए प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार २५ हजारदेखि एक लाख रुपैयाँसम्मको जरिवाना वा पाँचदेखि १५ वर्षसम्मको कैद वा दुवै सजाय गर्न सकिने उल्लेख छ।  

हेमन्त केसी

 केसी थाहा खबरका सुर्खेत समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]