समाज

बोर्डिङ स्कुलमा अागजनी

जेठ २९, २०७५

    प्युठान : नौ बहिनी गाउँपालिका–८ प्युठान बोर्डिङ नेसनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा आगजनी हुँदा शैक्षिक सामग्री जलेर नष्ट भएको छ। आगजनीका कारण दुई लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान  छ। 

    केही दिनअघि मात्र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले चर्को शुल्क असुली गरेको भन्दै तालाबन्दी गरेको थियो। नेपाल प्रहरीको सहयोगमा ताला तोडेर पढाउन सुरू गरेको बोर्डिङमा गएराति आगजनी भएको बोर्डिङ सञ्चालक श्रीराम भण्डारीले जानकारी दिए।

    आगो मंगलबार बिहान मात्रै निभाइएको हो। कक्षा २ सम्म पढाइ हुने बोर्डिङमा ७० विद्यार्थीले अध्ययन गर्छ‍न्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]