समाज

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

जेठ २९, २०७५

    भद्रपुर (झापा)  : सदरमुकाम भद्रपुरसहित तीन स्थानीय तहमा विद्युत अवरुद्ध भएको छ। हावाहुरी, चटयाङसँगै परेको पानीले ३३ केभी विद्युत् प्रसारण लाइनमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख रामउद्गार साहले जानकारी दिए।

    सोमबार राति साढे ११ बजे अवरुद्ध भएको विद्युत् अापूर्ति भएको छैन। विद्युत् सेवा अवरुद्ध भएका कारण भद्रपुर नगरपालिका, हल्दिवारी र कचनकचव गाउँपालिकामा सेवा दिन नसकेको प्राधिकरणले जनाएको छ। 

    विर्तामोडस्थित अनारमनी सवस्टेशनबाट भद्रपुर सब स्टेशनतर्फ जोड्ने ३३ केभी प्रसारण लाइनमा समस्या आएको केन्द्र प्रमुख साहले जानकारी दिए। ३३ केभीमा समस्या आएपछि भद्रपुर–बिर्तामोड सडक खण्डको प्रसारण लाइनमा खराबी पत्ता लगाउन बिहानैदेखि खटिएका छौँ', केन्द्र प्रमुख साहले भने, 'अहिलेसम्म समस्या पत्ता लागेको छैन।'

    विद्युत् सेवा सुचारु हुन केही घण्टा लाग्ने उनले बताए। यता हावाहुरीले जिल्ला प्रशासन कार्यालयगाडि रुख ढलेपछि विद्युतको तार चुँडिएको छ, भने हल्दिबारी र कचनकवलका केही स्थानमा तार चुँडिएको केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]