राजनीति

प्रत्यक्ष कार्यकारी अहिलेको एजेण्डा होइनः प्रचण्ड

जेठ २९, २०७५

    काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सभामुख र उपसभामुख दुबैजना नेकपामा नरहेको बताएका छन्। कांग्रेसले सभामुख र उपसभामुख दुबै जना एउटै पार्टीका भएकोले कम्तिमा एक जनाले राजिनामा दिनुपर्ने बताउँदै आएका बेला प्रचण्डले यसो भनेका हुन्। ‘निर्वाचित हुँदै गर्दा उहाँहरु फरक फरक पार्टीमा हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले ती पार्टी एक भए, तर उहाँहरूले त्यो भदा अघि नै पार्टीबाट राजिनामा दिइसक्नुभएको छ।’

    प्रचण्डले सभामुख र उपसभामुखको राजनीतिक पार्टीमा कुनैपनि जिम्मेवारी नभएको र पार्टीबाट सम्पूर्ण रुपले अलग्गिसकेपछि राजिनामा दिनुनपर्ने बताए।  चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले मंगलबार यस्तो बताएका हुन्। उनले प्रत्यक्ष कार्यकारी नेपालका लागि आवश्यक भए पनि त्यो अहिलेको एजेण्डा नभएको समेत बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]