समाज

चट्याङबाट एक युवतीको मृत्यु

जेठ २९, २०७५

    तनहुँ : भिमाद नगरपालिका २ मा चट्याङबाट एक युवतीको मृत्यु भएको छ। सोमबार साँझ परेको चट्याङबाट २३ वर्षीया चित्रकला नेपालीको मृत्यु भएको हो।

    घरको गोठमा चट्याङ पर्दा नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चट्याङ पर्दा घाइते भएकी नेपालीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार गोठमा क्षति भएको छ भने एक भैँसीको पाडो पनि मरेको छ।

    मृतक नेपालीको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको मल्लले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]