काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : टक ‘द अग्ली डकलिङ’ (कुरूप हाँस) पोखरामा मञ्चन हुने भएको छ। महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नाटक मञ्चन हुने यो नाटक असार १ गतेबाट ३ गतेसम्म चल्नेछ। साँझ ५:३० बजे नियमित मञ्चन हुने नाटक हेर्नका लागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको छ।
डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्ली डकलिङ’ कथामा आधारित नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पना एवं निर्देशन गरेका हुन्। यसअघि, वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो।
नाटकमा सेता हाँसहरूसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरूले गर्ने अपहेलना र विभेद देखाइएको छ। घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरूप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्। नाटकमा संवादको प्रयोग गरिएको छैन।
कुरूप हाँसका बारेमा नाजिर भन्छन्,'यो एउटा विम्बात्मक कथा र प्रस्तुति हो। कथाको केन्द्रमा हाँस भए पनि हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रूप, रङ वा जात, धर्म, लिंगका आधारमा गरिने विभेद संकेत गर्छ।' उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरू महसुस गरेको बताए।
'छालाको रङ, शारीरिक सुगठन, धर्म, जात आदिका कारणले धेरैपटक फरक महसुस गर्नुपर्यो। अरूले कुरूप महसुस गराएको त्यही अनुभूतिलाई सुन्दर बनाएर नाटकमार्फत प्रस्तुत गरेको छु। सांगीतिक नाटकमा कलाकारहरू नाजिर हुसेन, मिलन कार्की, विनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ। अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा प्रकाश सुदीप खतिवडाले र संगीत मिलन कार्कीले व्यवस्थापन गर्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।