समाज

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

जेठ २९, २०७५

    चितवन :  भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

    वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९  किलो २०० ग्राम  गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ । गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]