समाज

रकम हिनामिनाकाे अाशंकामा अख्तियारकोे छापा

जेठ २९, २०७५

    कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका  नाै लालुमा रहेको जनप्रभात माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको टोलीले छापा मारेको छ। आर्थिक वर्ष २०७३/०७४ २७ लाख रुपैयाँको चार कोठे भवन निर्माण गर्दा नाैलाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले छापा मारेको हो।

    विद्यालय भवन निर्माण गर्दा तत्कालीन प्रधानाध्यापक मानबहादुर शाहीले उक्त रकम हिनामिना गरेको आरोपमा विद्यालय रकमका विषयमा अख्तियारले छापा मारेको हो। विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारको टोलीको छापामा मारेको श्री जनप्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापक निर्मलकुमार बिष्टले बताए। ‘गत आर्थिक वर्षमा बिद्यालय भवन निर्माणमा रकम तत्कालीन प्रधानाध्याकले हिनामिना गरेको आरोपमा विद्यालयमा अख्तियारको टोलीले छापा मारेको छ,’ उनले भने, ‘छानविनपछि के भएको यथार्थ आउला।’

    अख्तियार दुरुपयोग अनुसनधान आयोग क्षेत्रीय कार्यालयबाट प्रेमप्रसाद सुवेदी नेतृत्वमा खटिएको टोलीले विद्यालयमा छापामा मारेको हो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]