काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
काठमाडौं : सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान नै संचालन गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढिभन्दा बढि सहभागिता बढाउन सबै जिल्लामा अभियाननै संचालन गर्न लागिएको जानकारी दिए। त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधि तय गरिसकेको छ। मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रपति खेलकुद महिला सहभागितामा वृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्वमा उचाईमा पु¥याउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको पनि स्पष्ट पारे। अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गरेको छ । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियानले नेपाली समाजको सर्वाङगीन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।