काठमाडौँ : धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा...
जुम्ला : जिल्ला अदालत जुम्लामा यो वर्ष सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। जिल्ला अदालतमा जम्मा परेका ९६ वटा मुद्दा मध्ये ३८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। यो संख्या जम्मा संख्याको झण्डै ४० प्रतिशत हुने अदालतले जनाएको छ।
अंशसहित र अंश रहित गरी दुई प्रकारका सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको जिल्ला अदालत जुम्लाले जनाएको छ। अदालतका अनुसार अहिले सम्म अंशसहितका १६ वटा मुद्दा मध्य ६ वटा फैसला भइसकेको र अन्य मुद्दाको फैसला हुन बाँकी रहेको छ।
यस्तै अंश रहितका जम्मा २२ वटा मुद्दामध्ये १३ वटाको फैसला भइसकेको र बाँकी नौवटा मुद्दाको फैसला हुने क्रममा रहेको जिल्ला अदालत जुम्लाकी नायव सुब्बा बेनुता राइले बताइन्। उनका अनुसार अंशसहित र अंशरहितका गरी जम्मा ३८ वटा मुद्दा मध्ये १९ वटा को फैसला भइसकेको र १९ वटाको फैसला हुन बाँकी रहेको छ। आवश्यक प्रमाण अभावका कारण केही मुद्दाको फैसला हुन ढिलाई भएको उनले बताइन्।
यता उच्च अदालत सुर्खेत जुम्ला इजलासमा जम्मा दुर्इवटा मात्रै सम्बन्ध विच्छेदका मुद्दा पुनरावेदनका लागि परेका छन्।
जिल्ला अदालतमा दुनियावादी देवानीका २९, ब्यक्तिबादी फैजदारीका ३७ र सरकारबादी मुद्दा ३० वटा परेको नायव सुब्बा राइले बताइन्। बाँकी रहेका मुद्दाको तत्कालै फैसला गर्नतर्फ अदालत लागी परेको उनको भनाई छ।
यस्तै, उच्च अदालत सुर्खेत जुम्ला इजलासमा जम्मा १२५ मुद्दा दर्ता भएकामा ४८ फैसला भइसकेका छन् भने ७७ वटा मुद्दा फैसला हुन बाँकी रहेको जनाइएको छ। पुनरावेदनका लागि परेका मुद्दामध्य सरकारवादी फौजदारीमा ७९ मध्य ३७ फैसला भइसकेका अदालतले जनाएको छ। दुनियावादी फौजदारीमा परेका तीन र संक्षिप्तका छवटैको फैसला भएको छैन भने देवानीसम्बन्धी २६ मध्य ती, रीटअन्तर्गतका ११ मध्य दुर्इवटा मुद्दाको फैसला भइसकेको अदालत श्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।