राजनीति

हैसियत अनुसारकाे बजेट सरकारले ल्याएको कृषिमन्त्रीकाे दाबी

जेठ २९, २०७५

    काठमाडाैं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मुलुकको हैसियत अनुसार सरकारले बजेट ल्याएको दावी गरे। मन्त्री खनालले मुलुकको धरातलीय यथार्थलाई आधारित बनाएर ल्याएको बजेटलाई आलोचना गर्नुको कुनै औचित्य नरहेको तर्क समेत गरे।

    मंगलबार बजेटको समीक्षासम्बन्धी कार्यक्रममा बोल्दै उनले निर्यात व्यापार घाटामा रहेको मुलुकको बजेटको आधार ठूलो बनाउने अपेक्षा कसैले पनि गर्न नहुने पनि बताए। उनले सरकारले स्थानीय तहलाई आवश्यक बजेट छुटयाएको पनि बताए।

    मन्त्री खनालले उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले बजेटमा उच्च प्राथमिकता दिएको दावी पनि गरे। उनले करको दर बढाएर मुलुकको अर्थतन्त्र धानिएको पनि स्मरण गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]