राजनीति

प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

जेठ २९, २०७५

    काठमाडौं : वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ। मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको हो। 

    जोशी तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका थिए। लामो समय न्यायसेवामा विताएका जोशीले प्राध्यापकका रुपमा पनि काम गरेका थिए । न्यायसेवामा राजनीतिक सिफारिसमा प्रवेश गरेका उनले नियुक्त भएर पुनरावेदन अदालतको न्यायाधिश , मुख्य न्यायाधिश , सर्बोच्चको अतिरिक्त न्यायाधिश हुँदै यहाँ सम्म आइपुगेका हुन् । मिलनसार र सरल मानिने जोशी अहिले सम्म न्यायसम्पादनमा कुशल र निर्विवाद देखिदै आएका छन् । परिषदको आजको निर्णय संसदको संवैधानिक सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधिशमा नियुक्त गरिने छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]