स्वास्थ्य

डा‍. देवकोटाको स्वास्थ्य स्थिति स्थिर

जेठ २९, २०७५

    काठमाडौं : वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति स्थिर तर गम्भीर रहेको छ।

    काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल स्रोतका अनुसार हाल डा. देवकोटाको सघन उपचार भइरहेको छ। उनलाई अक्सिजन दिएर राखिएको छ।

    हाल देवकोटाले आफूलाई आवश्यक परेका कुरा बोलेरै बताउने गरेको समेत पारिवारिक स्रोतले जनाएको छ। गत मंसिरमा एक्कासि बिरामी भई उनको बेलायतमा छ महिना लामो उपचार गरिएको थियो। गत बैशाख १५ गते स्वदेश फर्किएदेखि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत डा. देवकोटाले गोरखास्थित पुर्ख्याैली घर पुग्ने इच्छा गरेपछि गत शनिबार त्यहाँ लगिएको थियो।

    डा‌. देवकोटाले मंगलबार काठमाडौंस्थित आफ्नो निजी निवास जान उपयुक्त हुन्छ कि भनेर आफन्तसँग सल्लाहसमेत गरेका थिए। आफ्ना कारण परिवार र आफन्तलाई कठिनाइ नहोस् भनेर त्यस्तो छलफल गरेको हुनसक्ने आफन्तले जनाएका छन्।

    लण्डनको किङ्स कलेजमा डा. देवकोटाको पित्त नलीमा क्यान्सर भएको पुष्टि भएपछि लामो उपचारपछि नेपाल फर्किएर उनी आफैँले चलाएको अस्पतालमा भर्ना भएका थिए।

    विदेशमा पनि ख्याति कमाएका डा. देवकोटाले करिव ३० हजार मानिसको टाउको र नसासम्बन्धी रोगको शल्यक्रिया गरिसकेका छन्। उनले १० लाख बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका छन्। डा. देवकोटाले स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]