समाज

बालिका बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

जेठ २९, २०७५

    खोटाङ : १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैद फैसला भएको छ। बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालत खोटाङले कैद फैसला सुनाएको हो। 

    जिल्ला न्यायाधीश किशोर घिमिरेको एकल इजलासले बिश्वकर्मालाई सोमबार सो कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले बताए। आरोपितले २०७४ साल साउन २८ गते एकजना बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

    पीडितका आफन्तले इलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएपछि पीडकलाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा गरिएको थियो। 
                                    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]