समाज

वनमन्त्री बस्नेत किर्गिस्तान प्रस्थान

जेठ २९, २०७५

    काठमाडौं : हिउँ चितुवा पाइने १२ देशका वन तथा वातावरणमन्त्रीहरूको बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्ति बस्नेत किर्गिस्तान प्रस्थान गरेका छन्।

    बैठकको अध्यक्षता नेपालका वनमन्त्री बस्नेतले गर्नेछन्। बैठक जुन १४ र १५ मा बस्दै छ। हरेक वर्ष बस्ने बैठकमा यसपालिको एजेन्डा विश्वमा हिउँ चितुवाको संख्या पहिचानका लागि गणना विधि बनाउने, वैज्ञानिक र नीति निर्मातासहितको टोली बनाउनेलगायतका छन्।

    बैठकमा भाग लिन मन्त्री बस्नेतसँगै मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल पनि गएका छन्। नेपालबाहेक भारत, भूटान, पाकिस्तान, अफगानिस्तन, चीन, मंगोलिया, रुस, काजिकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, किर्गिस्तानमा हिँउ चितुवा पाइन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]