समाज

यौनजन्य क्रियाकलाप गरेको आरोपमा पाँच जना पक्राउ

जेठ ३०, २०७५

    सुनसरी : इटहरी उपमहानगरपालिका–६ खेतीखोलाबाट यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    प्रहरीले मंगलबार साँझ इटहरी बस्ने तीन युवती तथा मोरङका दुई युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका युवतीहरुले स्थानीय विष्णु आचार्यको घर भाडामा लिई यौनजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ।

    यस्तै, इटहरी उपमहानगरपालिका–९ स्थित सेन्टर क्यापिटल ट्रेनिङबाट टर्की पठाई दिने भन्दै अन्तर्वार्ता लिँदै गरेका एक विदेशीसहित सात नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा टर्किस नागरिक अदिन रोजकर रहेको प्रहरीले जनाएको छ। उनले श्रम स्वीकृतिविनै टर्की पठाई दिन्छु भन्दै नेपाली युवाहरुलाई फारम भर्न लगाई अन्तर्वार्ता लिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठले बताए। पक्राउ परेको सातै जनाको अनुसन्धान भइरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]