मनोरञ्जन

रहेनन् पाका कलाकार भीमबहादुर

जेठ ३०, २०७५

    काठमाडौं : कलाकार भीमबहादुर थापाको निधन भएको छ। गएराति आफ्नै निवास काठमाडौं मैतीदेवीमा उनको निधन भएको हो। 

    सैनिक अस्पताल छाउनीबाट घर लगेपछि राति २ बजेतिर उनको निधन भएको परिवारले जनाएको छ। ९२ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायतका रोगबाट ग्रसित थिए।

    १९८३ असार १३ गते खोटाङको लामिडाँडामा जन्मिएका थापाले बेलायती सेनामा भर्ना भएर दोस्रो विश्वयुद्ध लडेका थिए। सैनिक रेडियो कार्यक्रम समेत सञ्चालन गरेका थापाले थुप्रै नेपाली फिल्म, टेलिफिल्म,रेडियो नाटक र विज्ञापनमा अभिनय गरेका थिए। रेडियो नाटकमा सेनानी भीमबहादुर थापाको ओजिलो संवादले धेरै 
    स्रोताको मन छुन्थ्यो।

    उनको पार्थिव शरीर दिउँसो प्रज्ञा भवन कमलादीमा राखिनेछ। बुधबार अपराह्न नै पशुपतिस्थित अार्यघाटमा अन्त्येष्टि गरिने कलाकार दिपकराज गिरीले जानकारी दिए। 

    भीमबहादुर रेडियोका लोकप्रिय प्रस्तोता प्रकाश थापाका पिता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]