मनोरञ्जन

कलाकारको प्रेम: कोही छुटे, कोही जुटे र कोही छन् रंगिन दुनियाँमा

जेठ ३०, २०७५

    काठमाडौं : धेरै कलाकारहरु आफ्नो प्रेम देखाउन डराउँछन्। आफू प्रेममा भएको थाहा भयो भने आफ्नो फ्यान फलोअर्स घट्ने डर उनीहरुमा सधै हुन्छ। तर, अहिले भने केही कलाकारहरुले आफ्नो प्रेमलाई खुलस्त पारेका छन्। 

    प्रेम सबैको सफल हुन्छ नै भन्ने पनि छैन। कोहि कलाकारले आफ्नो प्रेमलाई सार्थकता दिलाए भने कोहि बीच बाटोमा नै छुट्टिन पुगे। आज हामी यहाँ फिल्म क्षेत्रमा रहेर फिल्म क्षेत्रकै कलाकारसँग प्रेम गर्ने केहि कलाकारको चर्चा गर्दैछौं।

    यी छन् प्रेममा :

    नायिका वर्षा राउत र संजेग कोइराला प्रेम सम्बन्धमा छन्। उनीहरु यस कुरालाई कुनै संकोच नमानी स्विकार्छन्। विगत ५ वर्षदेखि प्रेममा रहेको यो जोडीलाई फिल्म क्षेत्रकै सुन्दर जोडीका रुपमा लिइन्छ।

    उता संयम पुरी र आश्मा डिसी पनि आफ्नो प्रेम संबन्धलाई लुकाउन चाहान्दैनन्। उनीहरु पनि लामो समयदेखि प्रेममा छन्। उनीहरुको प्रेम पनि गज्जब छ।

    अहिलेकी व्यस्त नायिका प्रियंका कार्की पनि प्रेममा छिन्। नायक आयुशमान देशराज जोशी र प्रियंका प्रेममा छन्। उनीहरुको सार्वजनिक कार्यक्रममा गरेको चुम्माचुम्मीले पनि खुबै चर्चा पायो। उनीहरु बेला बेलामा यही प्रेमसम्बन्धको कारण पनि विवादमा मुछिरहेका हुन्छन्।

    नायक सैगात मल्ल र मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ पनि प्रेममा छन्। उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई स्विकारे पनि मिडियामा भने त्यती खुलेर कुरा गर्दैनन्।

    त्यस्तै, नायक सविन श्रेष्ठ र नायिका अनु शाहसँग प्रेममा छन्। उनीहरुले केही समय अगाडी आफ्नो प्रेम सम्बन्ध टुटिसकेको बताउँदै आएका थिए। तर, अहिले उनीहरु पुन: प्रेममा छन्।  

    यी बिवाहमा परिणत :

    नायक निखिल उप्रेती र संचिता लुइटेलले पनि आफ्नो प्रेमसम्बन्धलाई बिवाहमा परिणत गर्न सफल भए। छोटो समय प्रेममा रहेर उनीहरु दुबैले दोश्रो बिवाह गरेका हुन्। संचिता निखिलको दोश्रो श्रीमती हुन् भने निखिल संचिताको दोश्रो श्रीमान्। अहिले निखिल र संचिताको एक छोरा र एक छोरी छिन्।

    निश्चल बस्नेत र स्वस्तिमा खड्का बिवाहित जोडी हुन्। छोटो समयमात्र प्रेममा रहेर बिवाह गरेको यो जोडीलाई रुचाउने धेरै छन्। उनीहरुलाई दर्शक तथा उनीहरुका फ्यान फलेअर्सले राष्ट्रिय दाजु भाउजुको उपमा दिएका छन्।

    त्यस्तै सदवाहर सुन्दरी नायिका करिश्मा मानन्धरले पनि निर्माता विनोद मानन्धरसँग विवाह गरेकी छिन्। उनीहरुको पनि प्रेम विवाह हो। उनीहरुको एक छोरी छिन्।

    नायिका मेलिना मानन्धरले पनि नायक मुकेश ढकालसँग विवाह गरेकी छिन्। उनीहरुको पनि प्रेम विवाह हो।

    नायिका झरना थापा र निर्माता सुनिलकुमार थापाले पनि प्रेम विवाह गरेका हुन्। उनीहरुको अहिले एक छोरी छिन्। 

    यी छुट्टिए :

    नायिका रेखा थापा र निर्माता छवी ओझा १० वर्ष बैबाहिक संबन्धमा रहेर छुट्टिए। छवी र रेखाले प्रेम विवाह गरेका थिए। उनीहरु आपसमा कुरा नमिलेकाले छुटिएको बताउँछन्।

    नायक भुवन केसी र नायिका सुस्मिता केसी पनि वैवाहिक सम्बन्धमा थिए। तर, उनीहरु पनि छुट्टिसकेका छन्। भुवन र सुस्मिताको छोरा अनमोल केसी अहिले नेपाली फिल्म क्षेत्रका सुपरस्टार मानिन्छन्।

    नायिका सुष्मा कार्की र निर्देशक सुदर्शन थापा पनि प्रेममा थिए। तर, आन्तरिक असमझदारीका कारण उनीहरु छुट्टिन पुगे।

    नायिका निता ढुगांना प्रेममा असफल छिन्। निता नायक आमेश भण्डारीको प्रेममा थिइन। प्रेममा रहेका यो जीडीले सँगै फिल्ममा पनि काम गरे। फुलै फुलको मौसम तिमिलाई नामक फिल्ममा सँगै काम गरेका यो जोडी फिल्म रिलिज पश्चात छुट्न पुगे। फिल्म पनि फल्पको सुचिमा छ।

    त्यस्तै ह्यन्डसम हंक नायक अनुप विक्रम शाही र मिस नेपाल मलिना जोशी पनि प्रेममा थिए। तर, उनीहरुको पनि ब्रेकअप भइसकेको छ। ब्रेकअप पछि पनि उनीहरुले फिल्म रानीमा सँगै काम गरे। तर रानी पनि असफल भइदियो।

    नायक आयुष्मान देशराज जोशी र नायिका परमिता आर एल राणा पनि प्रेममा थिए। चपली हाइट २ मासँगै काम गरेको यो जोडी फिल्म रिलिजसँगै छुट्टिए।

    नायक विनय श्रेष्ठ र नायिका ऋचा शर्मा पनि प्रेममा थिए। लामो समय प्रेममा रहेको यो जोडी पनि छुट्टिसकेको छ। विनय र ऋचा 'लिभिङ टुगेदर'मा थिए।

    यी स्विकार्दैनन् :

    सलोन बस्नेत र करिश्मा श्रेष्ठ पनि प्रेममा थिए। उनीहरु अहिले आफ्नो प्रेमसंबन्ध छुटिसकेको बताउदै आएका छन्। उनीहरु हाल आफुहरु बीच कुनै प्रेम सम्बन्ध नभएको बताउछन्। उनीहरुले अहिले नयाँ फिल्म ‘बाबु कान्छा’मा सँगै काम गरेका छन्। उनीहरु आफुहरुको ब्रेकअप भए पनि हामी मिल्ने साथी भएको बताउदै आएका छन्।

    नायक पल शाह र नायिका आचंल शर्माको प्रेमको चर्चा बेलाबखत फिल्म नगरीमा चलिरहेको हुन्छ। तर उनीहरु आफ्नो प्रेमसंम्बन्धलाई स्विकार्दैनन्। आंचल पललाई अभिभावक भएको बताउँछिन्।

    त्यस्तै, नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापा बीच पनि प्रेम भएको चर्च सिने नगरीमा नचलेको हैन्। तर उनीहरु पनि यस कुरा स्वीकार्न तयार छैनन्।

    बाघ निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल पनि आफ्नो प्रेमसम्बन्धलाई स्विकार्दैनन्। उनीहरुले विवाह नै गरेको हल्ला सिनेवजारमा भएपनि उनीहरु भने उक्त कुरा स्विकार्न तयार छैनन्।

दिप्सन लुइटेल

पत्रकार लुइँटेल थाहाखबरमा कला, मनोरञ्जन संवाददाताका रूपमा ०७५ मंसिरसम्म कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]