राजनीति

कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकको राजीनामा प्रति नेकपाको नियमापत्ति

खाँड र अधिकारी, फाइल फोटो
जेठ ३०, २०७५

    काठमाडौं : नेपाली कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एकजनाको पुन राजीनामा माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक कालकृष्ण खाँडले संसदमा संविधानमा सभामुख र उपसभामुख नियुक्तिको व्यवस्था पढ्दै राजीनामा माग गरेका हुन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै खाँडले सभामुख र उपसभामुखमध्ये एकजनाको राजीनामा माग गर्दा सदनमा नेपाल कम्युनिष्ट पार्टीका सांसदले भने आपत्ति जनाएका छन्। खाँड बोलिरहेकै बेला नेकपाका सांसद खगराज अधिकारीले सभामुख र उपसभामुख निर्वाचनका बेला दुई दल भएको र पछि आएर एकता भएको जान्दाजान्दै पनि बारम्बार राजीनामाको माग गर्दा मानमर्दन हुने बताए।

    उनले चुनाव भएको बेला सभामुख र उपसभामुख दलमा भएको र संविधान अनुसार निर्वाचित भएकाले यस्ता कुरा नउठाउन भन्दै आपत्ति जनाएका थिए। उनले यस्ता क्रियाकलापले संसदको माहोल बिगारेको मानिने बताए।

    खाँडले भने राजनीतिक दलसम्बन्धी ऐन पढेर दल त्याग गरेको नमानिने उल्लेख भएको बताए। उनले भने, 'राजनीतिक दलसम्बन्धी ऐनमा पनि सभामुख-उपसभामुख प्रदेश सभाका सभामुख र उपसभामुखको पदीय जिम्मेवारी सम्हाल्नेगरी दल त्याग गरियो भने त्यो दल त्याग नगरेको मानिने लेखिएको छ।' यसै आधारमा संविधान, ऐन र कानुन अनुसार सभामुख वा उपसभामुखले राजीनामा दिनुपर्ने माग गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]