समाज

घरेलु मदिरा उत्पादनको पेसा छाडेर सीपमूलक तालिम

जेठ ३०, २०७५

    भद्रपुर (झापा) : झापाको एउटा गाउँ, जहाँ मेचे समुदायको बाहुल्यता छ। उनीहरूको पुख्र्यौली पेसा नै घरेलु मदिरा उत्पादन हो। यही पेसा गरेर उनीहरूले जीवन निर्वाह गर्दै आइरहेका छन्। तर, पछिल्लो समय उनीहरु पुख्र्यौली पेसा परिर्वतन गर्ने प्रयासमा छन्। 

    झापाको सदरमुकाम भद्रपुरदेखि पश्चिममा पर्ने हल्दीबारी गाउँपालिका–४ ऐनबारी बसोबास गर्दै आएका उनीहरू घरेलु मदिरा उत्पादनको पुख्र्यौली पेसा सीपमुलक काममा केन्द्रित हुन थालेका छन्। 

    खेतीपाती गर्ने ठाउँको अभाव र कम शिक्षा आर्जन गरेका व्यक्तिको बाहुल्य रहेका उक्त समुदायले घरेलु मदिरा उत्पादन गर्दै आएका थिए। तर, घरेलु मदिरा उत्पादन गैरकानुनी भएकाले उनीहरू पछिल्लो समय उक्त पेसा छाडेर उद्योग तथा कलकारखनामा मजदुरी, सिकर्मी, डकर्मी र सिलाइ–कटाइ लगायतको पेसा अँगाल्न थालेका छन्। 

    आमा बुवाले वर्षौंदेखि गर्दै आएको घरेलु मदिरा व्यापार आफुले पनि एक वर्षसम्म गरेको मीना मेचेले बताइन्। उक्त पेसामा महिलाको इज्जत नहुने उनको भनाइ छ। घरमा उत्पादित मदिरा सीमावर्ती भारतीय बजारमा लगेर बिक्री गर्नुपर्ने भएकाले भारतीय प्रहरीले दिने गरेको मीना बताउँछिन्। उनका अनुसार प्रहरीको आँखा छलेर मदिरा बिक्री गर्दा सम्पूर्ण खर्च कटाएर दैनिक ५०० रुपैयाँ बचत हुन्थ्यो। जसले परिवार पाल्न समस्या धौ धौ हुन्थ्यो। ‘सकुशल घर फर्किन्छु कि फर्किन्न भन्ने डर हुन्थयो,’ मीनाले भनिन्, ‘धेरै दुवै देशमा प्रहरीले मदिरा खोसेर नष्ट गरिदिए। यसपछि उक्त पेसाप्रति घृणा हुन थाल्यो।’ यसपछि मदिरा व्यापार छाडेर सिलाइकटाइको तालिम लिइरहेको उनले बताइन्।

    तालिमपछि यसैलाई नै पेसा बनाउने उनको सोंच छ। उनीसँगै उक्त समुदायका २० जना महिलाले सिलाइ–कटाइसम्बन्धी तालिम लिइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]