मनोरञ्जन

'उपरदाङ्ग गढी'मा 'नालापानी' छायाँकन

जेठ ३०, २०७५

    काठमाडौं : यतिबेला ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’को छायाँकन भइरहेको छ। 'नालापानी' यूनिट चितवनको ऐतिहासिक स्थान 'उपरदाङ्ग गढी'मा पुगेर एक सातादेखि छायाँकन गरिरहेको छ। अझै एक हप्ताको छायाँकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए।

    'उपरदाङ्ग गढी'को छायाँकन सकिँदा फिल्मको ९० प्रतिशत छायाँकन सकिने र बाँकी १० प्रतिशत छायाँकन राजधानीमा हुने बताइएको छ। नयाँ वर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो फिल्म विभिन्न ऐतिहासिक स्थानहरुमा छायाँकन भएको छ।

    उपरदाङ्ग गढी चितवनको पुरानो सदरमुकाम हो। सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको बताइन्छ। ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ। समुद्रि सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे-चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ।

    'नालापानी'को छायाँकन उपरदाङ्ग गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकोले यहि स्थान रोजेको निर्माता मनोज शाक्यले बताए। 'अत्यन्तै साँघुरो बाटोमा नेपाल आर्मीको गाडी लिएर पुग्नु निकै जोखिम पुर्ण थियो। नालापानीमा यहि स्थान नै चाहिने भएकोले हामीले जोखिम मोलेरै भएपनि छायाँकन गरेका हौँ', निर्माता शाक्यले बताए।

    निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले फिल्म छायाँकन सम्भव नभएको बताए। ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ। सम्भवत नेपालमा कुनै पनि फिल्ममा यस प्रकारले छायाँकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो।’

    भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मको छायाँकनमा फिल्मका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन्।

    ‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतको अभिनय रहनेछ।

    'पद्मा कुमारी फिल्मस प्राली' र 'गंगानारायण फिल्मस प्राली'को संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन्। फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन्। बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायाँकन गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]