मनोरञ्जन

कलाकार भीमबहादुरको दाहसंस्कार यस्तो रह्यो, फोटो

जेठ ३०, २०७५

    काठमाडौं : पशुपति आर्यघाटमा वरिष्ठ कलाकार भीमबहादुर थापाको दाहसंस्कार गरिएको छ। उनलाई अन्तिम श्रद्धञ्जलि दिन धेरै कलाकर्मी तथा शुभचिन्तकहरूको उपस्थिति थियो।

    श्रद्धञ्जलि दिनको लागि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार निर शाह, बसुन्धरा भुसाल, चैत्यदेवी, सीताराम कट्टेल, सरिता लामिछानेलगायत पशुपति आर्यघाटसम्म पुगेका थिए।

    दर्जनौं फिल्म, टेलिफिल्म सँगै रेडियो नाटकमा अभिनय गरेका थापाको मंगलबार राति २ बजे निजी निवास मैतीदेवीमा मृत्यु भएको थियो। कलाकार थापाका एक छोरा र दुई छोरी छन्। छोरा अमेरिकामा भएका कारण छोरीले उनलाई दागबत्ती दिएकी थिइन्।

    कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि उनको धर्म छोरी हुन्। दीपाश्री पनि छक्का पञ्जा-३ को सुटिङ छोडेर पोखराबाट काठमाडौं आएकी छिन्। धर्म बुबाको मृत्युमा उनी निकै भावविह्वल देखिन्थिन्। 

    वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लामा जन्मिएका थापा सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भएका थिए। उनले सन् १९४५ को दोस्रो विश्वयुद्धसमेत लडेका थिए। उनको अन्तिम श्रद्धञ्जलिमा सेनाले उनलाई सम्मानसहित सलामी पनि दिएको थियो।

    फोटो : विवेक बस्याल

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]