समाज

पाँचथरबाट सुरु भयो राष्ट्रिय परिचयपत्रको विवरण संकलन

असार ५, २०७५

    पाँचथर : राष्ट्रिय परिचयपत्र वितरणका लागि सरकारले पाँचथरमा विवरण संकलन गर्न थालेको छ। जिल्लाको फिदिम नगरपालिका–४ कि जिल्लाकै जेष्ठ नागरिक भगवती भण्डारीको दश औँठाछापसहितको विवरण लिएपछि विवरण संकलन अभियान सुरु भएको घोषणा गरिएको हो।

    जिल्ला समन्वय प्रमुख विष्णुप्रसाद सापकोटा, उपप्रमुख डिल्लीराम दुलाललगायतका जिल्लाका विशिष्ट व्यक्तिहरूले अभियान सुरुवात भएको घोषणा गरेका हुन्। सरकारले वितरण गर्न लागेको परिचयपत्रमा चिपसहितको स्मार्ट परिचयपत्र रहने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशीले बताए।

    उनका अनुसार संकलकहरुले हरेक नागरिकको वैयक्तिक र जैवीक विवरण संकलन गर्नेछन्। परिचयपत्रमा राखिने व्यक्तिगत विवरणमा नामथर,वतन,जन्ममिति,बाबु बाजेको नामथर आदि हुनेछ। जैविक विवरणमा भने फोटो र दश औँलाको औठा छाप रहनेछ।

    परिचय पत्रमा नागरिकता, मतदाता परिचय पत्र, जग्गाको लालपुर्जा, सामाजिक सुरक्षा भत्ता र बैंकिङ विवरण पनि हुने भन्दै निर्देशक जोशीले  परिचय पत्र बहुउपयोगी रहेको बताए। परिचयपत्रले दोहोरा नागरिकता र राहदानी लिने प्रवृतिको अन्त्य गर्ने र राष्ट्रिय सुरक्षामा पनि सहयोग पु¥याउने उनको विश्वास छ ।

    पाँचथरका एक लाख १० हजार र सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी पहिलो चरणमा एक लाख १७ हजार जनालाई यो परिचय पत्र वितरण गर्ने केन्द्रले जनाएको छ। सरकारले आर्थिक वर्ष २०६६/०६७ मा राष्ट्रिय परिचयपत्र वितरणको अवधारणालाई अघि सारेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]