समाज

पूर्वसमाचार वाचिका अनुपाको निधन

असार ५, २०७५

    बाँके : नेपालगन्जस्थित बागेश्वरी टेलिभिजनकी पूर्वसमाचार वाचिका अनुपा राजबंशीको सोमवार राति मृत्यू भएको छ। सुर्खेतरोडस्थित होटल सिग्नेट इन कृष्णाले आयोजना गरेको ‘पुल डान्स’ पार्टीमा सहभागी २३ वर्षीया राजबंशी डान्स गर्दा गर्दै लडेर बेहोस भएकी थिइन्।

    राति साढे १० बजे बोहोस भएर लडेपछि उनलाई उपचारका लागि तत्काल मेडिकल केलेज शिक्षण अस्पताल नेपालगन्जमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइए पनि शिक्षण अस्पतालका चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए।

    उनको मृत्युको कारण खुल्न सकेको छैन। रेडियो र टेलिभिजन पत्रकारिता गरेकी उनी केही महिनादेखि कर्णाली इलेक्ट्रोनिक्समा मेनेजरको रूपमा कार्यरत थिइन्। बाँके, खजुरा गाउँपालिका–३  की राजबंशी विगत सात वर्ष पत्रकारितामा बिताएकी थिइन्।

    डान्स गर्दागर्दै लडेर बेहोस भएकी अनुपाको मृत्यु स्वभाविक नभई अस्वभाविक भएको आफन्तले आशंका गरेका छन्। उनीहरूले होटल व्यवस्थापनमाथि छानबिन गर्नुपर्ने र आफूहरूलाई अनुपाको मृत्युको विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेका छन्।

    पुल डान्स पार्टीका लागि होटल सिग्नेट कृष्णा इनले राति ९ बजेसम्मका लागि प्रशासनसँग अनुमति लिएको थियो तर, पार्टी साढे १० बजेसम्म चलेको खुलासा भएको छ। घटनाको बारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। मृतक अनुपाको शव भेरी अंचल अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।

    उनी नेपालगन्जस्थित रेडियो एक्सप्रेसमा समेत कार्यक्रम संचालन र समाचार वाचन गरेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]