समाज

पाकिस्तानी सेनाध्यक्षले पहिर्‍याए प्रधानसेनापति क्षेत्रीलाई निशान–ए इम्तियाज

असार ५, २०७५

    काठमाडौं : नेपाल भ्रमणमा रहेका पाकिस्तानी सेनाका अध्यक्ष जुवेर मोहम्मद हायातले प्रधानसेनापति क्षेत्रीसँग भेटवार्ता गरेका छन्। 

    भेटका अवसरमा अध्यक्ष हायातले पाकिस्तान सरकारको तर्फबाट नेपाली सेनाका प्रधानसेनापति क्षत्रीलाई विशेष सम्मान स्वरुप विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिने उच्च स्तरको विभूषण निशान–ए–इम्तियाज (मिलिटरी) प्रदान गरेका थिए।  साथै भेटवार्तामा उनीहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। 

    आजै अध्यक्ष हायातले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए। उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। जंगी अड्डामै हायातलाई विशेष कार्यक्रममा युद्धकार्य महानिर्देशक उपरथी शरदकुमार गिरीबाट नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण समेत भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]