अर्थ

विद्युत वितरणमा असहज, एक महिनामा ४१ सय पोल ढले

असार ५, २०७५

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बैशाख महिनादेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि अन्त्य गरेको जानकारी गराएको छ। तर, उद्योगीहरू नियमीत विद्युत आपूर्ति नभएको गुनासो गरिरहेका छन्।

    उद्योगमा मात्रै होइन, सर्वसाधरणको पनि झ्याप्पझ्याप्प बत्ती जाने गरेको छ। कतिपय स्थानमा त दिनभर बत्ती नआउने गरेको गुनासो आएको छ। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा पञ्‍चकन्या ग्रुपका संचालक प्रदीपकुमार श्रेष्ठ अहिले पनि नियमित विद्युत आपूर्ति नहुँदा सञ्‍चालनमा समस्या परेको बताए। 'अहिले पनि हाम्रो पश्चिम भेगमा नियमीत विद्युत आपूर्ति हुन सकेको छैन, कुन समयमा बत्ती जान्छ भन्नेसमेत हुँदैन' श्रेष्ठले भने।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि विद्युत वितरणमा केही समस्या देखिएको बताउछन्। 'कतिपय उद्योगीहरूले बत्ती भएन भन्ने गुनासो गर्नुहुन्छ, केही समस्या छ पनि ' घिसिङले भने 'तर यो लोडसेडिङको कारण समस्या हैन यो भोल्टेजका कारण तथा पोलहरूको कारण हो।'

    नेपाल विद्युत प्राधिकरणका तथ्यांकअनुसार पछिल्लो एक महिनामा ४१ सय विद्युतोको पोलहरू ढले भने ३०० ट्रान्सफर्मर पड्किएका छन्। 'धेरै पोलहरू ढलेका छन् साथै ट्रान्फसर पनि धेरै ढलेका छन्, मर्मतको समयमा विद्युत जाने गर्छ' घिसिङले भने।

    उद्योगले पालना गर्दैनन नियम

    प्राधिकरणका कार्यकारी निर्देशककका अनुसार देशकभर २० प्रतिशत उद्योगमा पनि क्यापसिटी बैंक रहेका छैनन्।

    प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर बैंक राखेको भेटिएको थियो भने नेपालगञ्‍जमा १०० उद्योगमध्ये पाँच उद्योगले मात्रै क्यापासिटर बैंक राखेका छन्।

    त्यस्तै बुटवलमा संचालित उद्योग मध्ये ३० प्रतिशतमा मात्रै क्यापसिटर बैंक रहेको छ। विद्युत् वितरण विनियमावली–२०६९ले पाँच हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरूपमा क्यापासिटर बैंक राख्नुपर्ने व्यवस्था गरेको छ।

    विनियमालीविपरीत अधिकांश उद्योगले क्यापासिटर बैंक नराखेपछि उद्योग स्वयंले र आमउपभोक्ताले विद्युत् आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिर्नु परेको घिसिङले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]