समाज

त्रिविमा मौसमी बेलुन उडाइने

असार ५, २०७५

    काठमाडौं  :  त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ।

    मौसमी वेलुन(रेडियोसोण्ड)ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तह वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्रता, वायुको दिशा र गतिलगायतका मौसमी तथ्यांक संकलन गरी रेडियो उपकरणमार्फत जमिनमा रहेको रिसिभरमा पठाउछ।

    तयारी कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले रेडियोसेण्डको उडानले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जलतथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने जानकारी गराए।

    यसैगरी जलतथा मौसम विभागका महादिर्नेशक डा.ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित एवं सत्यपरक बनाउने नेपाल सरकारले जर्मन प्रविधिको सहयोगमा रेडियोसेण्ड उडायने तयारी गरेको बताए। रेडियासेण्डको प्रविधि खर्चिलो हुने भएकोले विगत लामो समयसम्म गरिएको प्रयत्न हाल आएर कार्यान्वयनमा अघि बढेको समेत उनले जानकारी दिए। हाल त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागवाट हुने रेडियोसेण्डको उडान क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चान गर्ने योजना रहेको समेत रहेको छ।

    रेडियोसेण्ड उडानको वारेमा जानकारी गराउदै त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा. दीपक अर्यालले रेडियोसेण्डको प्रयोगले मुलुकको मौसमपूर्वानुमान एवं प्राज्ञिक अनुसन्धान दुवैमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। सरकार र त्रिवि दुवै निकायको समन्वयमा कार्यक्रम अघि बढेको र यसले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीलाई मौसम पूर्वानुमानका सम्वन्धमा थप जानकार हुन र अध्ययन/अनुसन्धान गर्न हौसला मिल्लने जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]