खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकप २०१८ मा सेनेगलको विजयी सुरुवात, पोल्यान्ड स्तब्ध

असार ५, २०७५

    रुसमा जारी विश्वकप २०१८ मा सेनेगलले विजयी सुरुवात गरेको छ। मंगलबार भएको दोस्रो खेलमा सेनेगलले २-१ को नतीजा ल्याउँदै पोल्यान्डलाई पराजित गरेको हो। 

    समूह एचको दोस्रो खेलमा सेनेगलका लागि पोल्यान्डले खेलको ३७ औँ मिनेटमा सुसाइड गोल उपहार दिएर अग्रता दिएको हो। पोल्यान्डका थियागो सियोनेक्सले आफ्नै पोष्टमा गोल हानेर सेनेगललाई उपहार दिएका हुन्। उक्त अग्रतालाई सेनेगलका मवाबे नियाङले दोब्बर पारे। नियाङले ६०औँ मिनेटमा गोल गरेका थिए। उनले पोल्यान्डका गोलकिपरले पोष्ट छोडेर बाहिर आउनाको फाइदा उठाएर गोल गरेका थिए। उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए।

    पोल्यान्डका लागि सान्तावना गोल जर्जेगोर्ज क्रेइचोएकले ८६औँ मिनेटमा गरेका थिए। 

    सेनेगलभन्दा बलियो मानिएको पोल्यान्डले सुसाइड गोलका कारण खेलको नतीजा सुम्पनुपरेको थियो। जसबाट पोल्यान्डका खेलाडी स्तब्ध भएका थिए। 

    यो जीतसँगै सेनेगल रसिया विश्वकपमा जीत हासिल गर्ने पहिलो अफ्रिकी टीम भएको छ। विश्वकपमा यो जीत सन् २००१ पछिको पहिलो हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]