छापा

७४ प्रतिशत जारको पानी पिउन अयोग्य

असार ६, २०७५

    काठमाडौं : सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु(इकोलाई) भेटिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको समाचार काठमाडौंबाट प्रकाशित कान्तिपुर दैनिकमा छापिएको छ।

    नास्टका वरिष्ठ वैत्रानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्राण्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो। त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेलापरेको थियो।

    राष्ट्रिय खानेपानी मादण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ। नास्टका अनुसार इकोलाईले हैजा हुन्छ। केही कोलिफर्म हानिकारक नभए पनि मापदण्डमा शून्य हुनुर्पे भएकाले त्यसको प्रमाणीकरणतिर नलागिएको पन्तले बताए। उनका अनुसार परीक्षणको क्रममा कोलिफर्म ९२ प्रतिशत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]