विश्व

चिर निन्द्रामा विश्वकै वृद्ध 'ओराङ्गुटन'

असार ६, २०७५

    विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। 

    उसको अस्ट्रेलियाली चिडियाखानामा मृत्यु भएको हो। हाल उनका ५४ वंशज जीवित छन्। बुढ्यौलीसँग सम्बन्धित जटिलता बढेपछि प्वान नाम गरेकी पोथी ओराङ्गुटनलाई पर्थको एक चिडियाघरमा  चिर निद्रामा सुताइएको हो।

    प्वानलाई सन् १९६८ देखि सो चिडियाखानामा राखिएको थियो। सन् २०१६ मा गिनिस वर्ल्ड रेकर्ड्सले उनलाई आफ्नो प्रजातिको वृद्धतम जनावरका रूपमा मानेको थियो।सो चिडियाखानाका अनुसार गम्भीर सङ्कटापन्न सुमात्रन ओराङ्गुटनको आयु प्राकृतिक वासस्थानमा ५० वर्ष पनि पुग्दैन।

    उनका ११ सन्तान र तिनबाट जन्मेका समेत गरेर ५४ वंशजहरू अमेरिका, युरोप र अन्यत्र छरिए रहेका छन्। उनका केही वंशजहरूलाई सुमात्राका वनक्षेत्रमा छाडिएको छ। विश्व वन्यजन्तु कोषका अनुसार हाल सुमात्रन ओराङ्गुटनको सङ्ख्या १४,६०० जति छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]