राजनीति

ओली–सी ग्रेट हलमा वार्ता

फाइल फाेटाे
असार ६, २०७५

    काठमाडौ : चीनको औपचारिक भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्दैछन्। चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    भेटअघि ओलीले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि गर्नेछन्। त्यस क्रममा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

    प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन्। प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]